u-17 women's national football team

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज भुटानसंग भिड्दै

नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र भुटानसङं भिड्दैछ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार ५ः४५ मा खेल सुरु हुनेछ। यसअघि खेलेको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो अन्तरले हारेको थियो।

त्यस्तै, आयोजक राष्ट्र भुटान पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। यस अर्थमा, आज नेपाल र भुटान पहिलो जितको खोजीमा छ। नेपालले अर्को खेल अगस्ट २४ मा बंगलादेशको सामना गर्ने छ।

Scroll to Top