मुम अमेरिकातर्फ, कार्यवाहकमा पद्या

santan ads

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज अमेरिकातर्फ प्रस्थान गर्दैछन् ।

मुख्यमन्त्री पाण्डेको अनुपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) अमेरिकाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथ ग्रहण समारोहमा प्रमुख अतिथिकारूपमा सहभागी हुन पाण्डे अमेरिका जान लागेका हुन् ।

अमेरिकाको भर्जिनियामा आयोजना हुने संघको १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीको पदस्थापनमा उनले शुभकामना तथा बधाई दिनेछन्।

मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार उनी भदौ १० गते नेपाल फर्कने तालिका रहेको छ ।

Scroll to Top