सुनको मूल्य आज थप एक हजार ६ सय घट्यो

santan ads

सुनको मूल्य आज थप एक हजार ६ सय रुपैयाँ घटेको छ। हिजो तोलामा एक हजार दुईसय रुपैयाँ घटेको थियो । 

सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको मंगलबार सुन तोलामा आठसय रुपैयाँ बढेको थियो। त्यसयताका दुई दिनमा सुन तोलामा दुई हजार आठसय रुपैयाँ घटेको हो।

सुनको भाउ हिजो तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो। 

यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। 

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेर दुईहजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Scroll to Top