आइतबार बिहान ब्रुकलिनको एउटा भीडभाड भएको नाइटक्लबभित्र गोलीबारी हुँदा १९ वर्षीया एक युवकसहित तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
एनवाईपीडी आयुक्त जेसिका टिशका अनुसार बिहान करिब ३ः२७ बजे अमेरिकाको न्यूयोर्कस्थित क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी लाउन्ज भित्र घटना भएको हो, जहाँ त्यतिबेला ठूलो संख्यामा मानिसहरू उपस्थित थिए।
स्थानिय समाचार एजेन्सीका अनुसार ग्याङ फाइटका कारण यस्तो घटना भएको र उक्त घटनमा चार जना आक्रमणकारीले गोली चलाएका र दर्जनौँ राउन्ड फायरिङ भएको बताईएको छ ।
प्रहरीले आक्रमणकारीलाई पत्ता लगाउन सुरक्षा क्यामेराको फुटेज हेर्ने र प्रत्यक्षदर्शीहरूसँग बयान लिने काम गरिरहेको जनाएको छ।