english premeir league

प्रिमियर लिग: आर्सनलको विजय सुरुवात

santan ads

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनले म्यानचेस्टर यूनाइटेडलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा आर्सनलले यूनाइटेडलाई १–० गोलले पराजित गर्दे जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सनलका रिकार्डो कालाफियोरीको हेड गोल नै निर्णायक बन्यो। आर्सनलले पाएको पहिलो कर्नरलाई सदुपयोग गर्दे गोलमा परिणत गरेको हो ।

खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि त्यसमा कारण बन्यो।

युनाइटेडका नयाँ खेलाडी माथेउस कुन्हा र ब्रायन म्बेउमाले उत्कृष्ट खेल प्रर्दशन गर्दे दबाबमा राखेको भए पनि गोल गर्न नसक्दा नतिजा आर्सनललाई सुम्पिन पर्यो ।

जित संगै आर्सनलले ३ महत्वपूर्ण अंक जोड्न सफल भयो ।

आइतवार नै भएको अर्को खेलमा नटिङघम फरेस्टले बेनफोर्टलाई ३–१ गोलले हरायो भने चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

Scroll to Top