एएफसी एसियन महिला कप छनोटका लागि भुटानविरुद्धको आज हुने खेलको लागि बिर्सना चौधरीको कप्तानीमा स्टाटिङ ११ सार्वजनिक भएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले स्टाटिङ ११ को घोषणा गर्दे बिर्सना चौधरीलाई कप्तानीको जिम्मेवारी दिएको घोषण गरेका हुन ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल पौने ६ बजे सुरु हुनेछ। छनोटअन्तर्गत आजै भएको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० को फराकिलो अन्तरले पराजित गरेको छ।
भुटानविरुद्धको खेलमा नेपालका खेलाडीको भूमिका
गोलकिपर :लिला जोशी
डिफेन्डर :गंगा रोकाया,सिम्रन राई,माया मास्के,अनिसा राई
मिडफिल्डर :सुकरिया मियाँ,शुसिला केसी,बिर्सना चौधरी,सेनु परियार
स्ट्राइकर :मिना देउवा र पूर्णिमा राई