मालेपाटनबाट साढे १२ लाख चोरीको आरोपमा माछापुच्छ्रेका भुजेल पक्राउ

santan ads

पोखरा ५ मालेमाटनस्थित दाङ भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराजमा राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरीको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ ।

उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Scroll to Top