‘राष्ट्रिय धान दिवससको शुभकामना, कृषिलाई बजेटमा प्राथमिकता छ’ –मुख्यमन्त्री पाण्डे

santan ads

आज असार १५ मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले आम कृषकको मेहेनतले नै खाद्य सुरक्षामा अमुल्य योगदान पु¥याएको भन्दै धन्यवादसमेत दिएका छन् ।

उनले गण्डकी प्रदेश सरकारले निति कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरेको उल्लेख गरे ।

मुख्यमन्त्रीको शुभकामना सन्देशः

असार १५ : आज राष्ट्रिय धान दिवसको अवसरमा गण्डकी प्रदेश एवं मुलुकभरका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको निरन्तर श्रम, समर्पण र उत्पादनले देशको खाद्य सुरक्षामा अमूल्य योगदान पुर्‍याएको छ।

व्यवशायिक कृषि उत्पादन,रैथाने वालिको संरक्षण, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरण, मल,बीउ र सिंचाइको व्यवस्थापन र खाद्य सुरक्षाका विषयलाई गण्डकी प्रदेश सरकारले निति कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरेको छ । यसको कार्यान्वयनमा यहाँहरु सवैको साथ सहयोग र सहकार्यकालागि अपिल गर्दछु ।

आफ्नो माटोमा उत्पादन, आफ्नै श्रममा सम्मान, खाद्य सम्प्रभुत्तासहितको ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासी’को संकल्प पूरा गर्न कृषिमा गर्नुपर्ने लगानीका विषयमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ ।

मा. सुरेन्द्रराज पाण्डे
मुख्यमन्त्री, गण्डकी प्रदेश

Scroll to Top