पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो प्रदर्शनी राखिएको थियो ।
फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
राम गुरुङको अध्यक्षतामा सम्पन्न एक दिने उक्त फोटो प्रर्दशनी पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मी, पोखरा ३ का वडा अध्यक्ष प्रकाशमान उदास,जनप्रतिनिधि, पत्रकार,स्थानिय, विभिन्न स्कुलका बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

फोटो पत्रकार सन्जय शाक्यको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको संचालन एनपिजेएका सचिव सुमन गुरुङले गरेका थिए ।