गण्डकीमा आव २०८२/०८३ को बजेट बहुमतले पारित, विपक्षीमा माओवादी

santan ads

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को बजेट आज प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

सरकारले असार १ गते ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा पेश गरेको बजेटमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको बहुमतबाट पारित भएको छ ।

बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजारले कमी रहेको छ । चालु आवका लागि प्रदेश सरकराले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

यस बजेटमा प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ रह्यो भने नेकपा (माओवादी केन्द्र) विपक्षीमा रहेको छ ।

Scroll to Top