पोखरा । बुल्समेन कलबले पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।
क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् ।
क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।
क्लबले सो रकम प्रदान गरे संगै यहि असार १२ गते देखि १४ गते सम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ ।
सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागिय टोलीसहित ६ प्रदेश गरी ८ टिमको सहभागिता हुनेछ ।