एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)माथि लागेको ९० दिनको प्रतिवन्ध हटेको छ । अमेरिकी दुतावासले यसको पुष्टी गरेको हो ।
मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीअन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको थियो ।
खासगरी गत अप्रिल अन्तिम साता अमेरिकी सरकारको डिपार्टमेण्ट अफ गभर्नमेण्ट एफिसिएन्सीका प्रमुख एलन मस्कले एमसीसीका विश्वव्यापी कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि नेपालको एमसीसी परियोजनाको भविष्यमा अन्योल देखिएको थियो ।
तर, अमेरिकी दुतावासले पहिले लगाइएको प्रतिवन्ध हटेको संकेत गरेको छ । बुधवार राति जारी गरेको प्रेस स्टेटमेन्टमा दुतावासले सन् २०२५ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले ९० दिनको वैदेशिक सहायता स्थगन नियमबाट नेपाल कम्प्याक्टलाई हटाइएको स्पष्ट पारेका छ ।
दूतावासकाअनुसार उक्त छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयन अनुमति दिइएको छ ।
अमेरिकाले नेपालको ऊर्जा र सडक पूर्वाधार सुधारका दुई प्रमुख परियोजनामा ५० करोड अमेरिकी डलर सहायता उपलब्ध गराउँदै आएको छ ।
नेपालले यो परियोजनामा आफ्नो तर्फबाट शुरुमा १५ करोड डलर लगानी गर्ने बताइएको थियो, जुन पछि बढाएर १० करोड ७० लाख डलर पु¥याइएको थियो ।
परियोजनामा थप ५ करोड डलरसमेत एमसीसी बोर्डले विनियोजन गर्ने निर्णय गरिसकेको थियो, जसबाट कुल लगानी ७४ करोड ९० लाख डलर पुग्ने अनुमान गरिएको छ ।