पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार ७ दिनको म्याद राखेर दरखास्त आव्हान गरेको हो ।
उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीकोे कार्यकाल सकिएपछि गत चैत अन्तिम सातादेखि प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त थियो ।
हालका डीन प्राडा श्रीकृष्ण श्रेष्ठलाई बैशाख पहिलो साता मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो ।
उनको जेठ २ गते पदावधि सकिदै थियो । क्षेत्रीले आफ्नो पदावधि सकिने बेला कसैलाई निमित्त तोकेर कुलपति तथा प्रधानमन्त्रीकहाँ पठाउनु पर्नेमा त्यसो नगरी विदा भएका थिए ।
उपकुलपति नहुँदा प्रतिष्ठानको शैक्षिक र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा समस्या हुँदै आएको छ ।