बजेट गण्डकीः ‘स्वस्थ मुटु, सुन्दर भविष्य’ सफल पार्न हरेक अस्पताललाई ५५ लाख

santan ads

दिपक के श्रेष्ठः गण्डकी प्रदेशको आज जारी आर्थिक वर्ष ०८२/८३बजेटअन्तर्गत मुटु स्वास्थ्यमा जोड दिइएको छ ।

प्रदेशको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. टकराज गुरुङले मुलतः बालबालिकको मुटु स्वास्थ्यमा ध्यान दिई प्रदेशभित्रका हरेक अस्पताललाई ५५ लाख रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

यस कार्यक्रममा बालबालिकाको मुटु रोगको पहिचान, उपचारलगायत रहेको मन्त्री गुरुङले बताएका छन् ।

त्यस्तै, शिसुको जन्मजात रोग पहिचान गर्न २६ लाख रुपैयाँ छुट्याइएको गुरुङले जनाएका छन् ।

यसैगरी, अस्पतालमा शिशु सघन उपचार केन्द्र (एनआइसीयू) सेवा बिस्तार गर्न समेत बजेट उपलब्ध गराइएको छ ।

जसअनुसार मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा निःसन्तान उपचारार्थ सेवा प्रदान गर्न २० लाख र मध्यबिन्दू प्रादेशिक अस्पताललाई बौद्धिक अपांगता (अटिज्म) उपचार गराउन २० लाख रुपैयाँ प्रदान गर्ने बजेटमा उल्लेख छ ।

नोटः उल्लेखित तस्बिर एआई सिर्जित हो । –सम्पादक

Scroll to Top