असार १ः गण्डकीमा ३३ अर्बको अनुमानित बजेट आउने

santan ads

नयाँलिपिः अर्थ मन्त्रालय गण्डकीले यसअघि विविध छलफलमा जनाए अनुसार आर्थिक वर्ष ०८२/८३ लाई ३२ अर्ब ७७ करोडको हाराहारीमा आज बजेट आउनेछ ।

उक्त बजेट प्रदेशको सम्भावित स्रोतभन्दा माथि आउने जानकार बताउँछन् । प्रदेश स्रोत अनुमान समितिले चालु वर्षको तुलनामा आगामी वर्षको बजेट साढे ३ अर्ब रुपैयाँले घट्ने प्रक्षेपण गरेको थियो ।

स्रोत समितिले आर्थिक वर्ष २०८२/८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेपनि ३ अर्ब रुपैयाँले बढी बजेट सार्वजनिक हुँदैछ ।

समितिका संयोजक तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले आगामी ३ वर्षका लागि स्रोत अनुमान तयार गरेर बजेटको अधिकतम सीमा निर्धारण गरिएको बताएका थिए ।

समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८३/८४ मा ३० अर्ब ९३ करोड र २०८४/८५ मा ३२ अर्ब ६३ करोड रुपैयाँको बजेट सीमित गर्न सुझाव दिइएको छ ।

Scroll to Top