नयाँलिपिः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको छ ।
पतञ्जली आयुर्वेदको जग्गाको अवैध रुपमा बिक्री गर्ने काममा प्रधानमन्त्री पदमा रहेर सहयोग गरेको आरोप लागेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ को (झ) बमोजिम सजाय, दफा १७ बमोजिम बिगो असुली र दफा २४ बमोजिम थप सजाय माग गरिएको छ ।
अख्तियारले मागदावी गरेका कानुनका दफाहरु अनुसार नै नेपाललाई अदालतले दोषी ठहर गरेमा नेपाललाई १३ वर्षदेखि १७ वर्षसम्म जेल सजाय हुनसक्छ ।
अख्तियारले ९३ जना आरोपीविरुद्ध विशेष अदालतमा ६२२ पेज लामो आरोपपत्र दायर गरेको छ ।
आरोपपत्रमा नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध बिगो मागदाबीसहित कैद सजाय पनि माग गरिएको छ ।
यस्तो छ अभियोग पत्रको पूर्णपाठ: