नयाँलिपिः गण्डकी प्रदेश सरकारले प्रदेश सभाको आठौं अधिवेशनमार्फत आज आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश सभाका प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले घरेलु मदिरा र गाँजामा चासो देखाएको छ ।
प्रस्तुत कार्यक्रममा उल्लेख भए अनुसार घरेलु मदिराको उत्पादन, ब्राण्डिङ्, वितरण र नियमनकालाग ऐन जारी गरी कायान्वयनमा लगिने उल्लेख छ ।
त्यस्तै, औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थकारुपमा उत्पादन प्रयोजनार्थ गाँजा खेती गर्न कानून निर्माण गरिनेसमेत जनाइएको छ ।