बजेटमा स्वास्थ्यः साढे ९ अर्ब बढ्यो, स्वास्थ्य बीमा प्रभावकारी बनाइने

santan ads

नयाँलिपिः सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

यो गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँभन्दा नौ अर्ब ५७ करोड रुपैयाँले बढी हो।

यस बजेटमा स्वास्थ्य बीमाको पुरानो बक्यौता तिरिने, सामाजिक सुरक्षा कार्यक्रम स्वास्थ्य बीमा अन्तर्गत नयाँ बजेटले स्वास्थ्य बीमा कार्यक्रमलाई बजेट थप गरेको छ भने पुरानो बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गरिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम वृद्धि गरेर पुरानो बक्यौता भुक्तानी गरिने र गलत दाबी तथा दोहोरोपना हटाउने घोषणा गरेका थिए। बजेटले यसैलाई सम्बोधन गरेको छ।

बजेटमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नै अब सरकारी सामाजिक सुरक्षा कार्यक्रम आबद्ध हुने व्यवस्था गरिएको छ।

अब बीमितको सुविधा थैली रकममा वृद्धि हुनेछ। एक आर्थिक वर्षमा खर्च नभएको रकम पछि खर्च गर्न सकिने गरी नयाँ बजेटमा बीमा कार्यक्रम अघि बढाइने तयारी समेत गरिएको छ।

यसपटक धेरै बजेट पाउनेमा स्वास्थ्य मन्त्रालय पाँचौ स्थानमा रहेको छ । यो हिस्सा कूल बजेटको ४.८८ प्रतिशत हो ।

Scroll to Top