‘नक्कली डिएसपी’ बनेर साढे ८ लाख ठग्ने सक्कली एसपीको फन्दामा

santan ads

नयाँलिपिः नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ठगी गर्ने भक्तपुर सूर्यविनायक, बालकोटका ४१ वर्षीय अनिल थापा पक्राउ परेका छन् ।

थापाले आफुलाई सिआइबीको डिएसपी भएको बताउँदै जबर्जस्ती करणीको मुद्दा मिलाइदिने प्रलोभन देखाई ८ लाख ४० हजार ठगेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार उक्त रकम ठगेर थापा फरार थिए ।

थापालाई मध्यपुर ठिमीको कमेरोटारबाट पक्राउ गरिएको हो ।

थापा यसअघि ठगी र आपाराधिक विश्वासघात कसुरमा नेपाल प्रहरीबाट मुद्धा चलाइएका अभियुक्त हुन् ।

Scroll to Top