नयाँलिपिः नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघको पोखरामा जारी १० औं महाधिवेशनको आज तेस्रो दिनबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।
युवा संघको आगामी नेतृत्वमा महासचिव सुमन पुरीले दाबी गरेसँगै हालका अध्यक्ष क्षितिज थेबेले सहजै दोहोरिने सम्भावनामाथि अवरोध आएको छ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने थप एक कार्यकाल थेबेलाई नै अध्यक्ष बनाउन चाहेका छन् । यता, महासचिव पुरीका समर्थकले निर्वाचनमार्फत नेतृत्व चुन्नुपर्ने भन्दै आएका छन् ।
प्रत्यक्ष देखिएका थेबे र पुरीका समर्थकबीच शनिबार महाधिवेशनस्थल पोखरा सभागृहमा केही समय नाराबाजीसमेत भएको थियो ।
अझैपनि अध्यक्षमा सहमति खोजिरहेपनि हाल निर्वाचन प्रक्रिया अघि बढेको छ ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ । समितिले जनाएअनुसार सोमबार बिहान ८ देखि ४ बजेसम्म मतदान सुरु हुनेछ ।
समितिले १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन गरेको छ ।