स्याङजामा सार्वजनिक सवारी चालकको लापसे चेकिङ्, ३ चालक पक्राउ

santan ads

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा बिहीबार सार्वजनिक सवारीसाधन चालकले लागूपदार्थ सेवन (लापसे) गरे-नगरेको चेकजाँच गरिएको छ ।

चेकजाँचकाक्रममा ३ जना हायस चालकले लापसे गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको स्याङजा प्रहरीले जनाएको छ ।

कुल ३० जना चालकलाई चेकजाँच गर्दा ३ जनाले प्रयोग गरेको पाइएको र उनीहरुमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको बताइएको छ ।

स्मरणीय छ, कास्की प्रहरीले प्याराग्लाइडिङका पाइलटको मापसे चेक गर्दा १ जनाले सेवन गरेको पाइएको थियो ।

Scroll to Top