निभा गल्लीस्थित घरमा आगलागी, क्षतिको विवरण संकलन गरिँदै

santan ads

नयाँलिपिः पोखराको चिप्लेढुंगास्थित निभा गल्लीमा रहेको फुड लभर रेष्टुरेन्टमा सोमबार राति भिषण आगलागी भएको छ ।

आगलागीबाट ३ तल्ले घरभित्र रहेका सामग्री जलेर नष्ट भएको छ । उक्त घर रवि तिमिल्सिनाको हो ।

घरको भुइँतलामा तिमिल्सिनाले रेष्टुरेन्ट चलाउँदै आएका थिए । आगलागी अबेर नियन्त्रणमा आएपछि लगभग पूर्ण क्षति भएको छ ।

आगलागीको कारण भने पत्ता लाग्न सकेको छैन । राति साढे १० बजे घरको अघिल्लो भागमा भित्रपट्टिबाट एक्कासी आगोको मुस्लो बाहिर निस्केको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीबाट भएको क्षति यकिन गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको टोली लागिरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

Scroll to Top