आधा घण्टा तालाबन्दीपछि खोलियो पोखरा ३१ को वडा कार्यालय

santan ads

नयाँलिपिः पोखरा महानगर वडा ३१ को कार्यालयमा स्थानीय युवाले गरेको तालाबन्दी केहीबेर अघि खोलिएको छ ।

स्थानीयवासलिे तालचोक–बेगनासताल सडकखण्डमा निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै तालाबन्दी गरेका थिए ।

सडक निर्माणमा ढिलाई गरेको र बर्खाको मौसमले अवस्था झनै खराब भएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्द गरेका हुन् । उनीहरुले खाल्डो भएको ठाउँमा झनै ढिलाई गरेको र गिट्टी हाल्ने ठाउँमा माटोले पुरेको बताएका छन् ।

करिब आधा घण्टा तालाबन्दीपछि कुरा मिलिसकेको वडाध्यक्ष ढकनाथ कंडेलले बताए । कंडेलले उक्त समस्या वडाबाट सिर्जना नभएको जनाएका छन् ।

उक्त सडक खण्ड निर्माणमा ढिलाई भएकाले वडाबाट निरन्तर खबरदारी भइरहेको बताउँदै वडाध्यक्ष कंडेलले यसैबीच केही उच्छृंखल युवाको समूहले अराजक गतिविधि गरेको उल्लेख गरे ।

वडाध्यक्ष भन्छन् ‘उक्त खण्डका कारण समस्या भइरहेको थियो, ठेकेदार कम्पनी र कन्सल्टया्न्टलाई स्वयंले बाराम्बार खबरदारी गरिरहेको थिए । तर, एक्कासी तालाबन्दी गरी अराजक काम गरियो ।

यसबारे सबै जानकारी दिएपछि हाल तालाबन्दी खुलाइसकेको उनले बताए ।

–सांकेतिक तस्बिर

Scroll to Top