यु–१९ साफ च्याम्पियनशिप :नेपाल आज पौने ८ बजे भारतसँग भिड्दै

santan ads

नयाँलिपि– यु–१९ साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग भिड्दै छ । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूह विजेता बन्नेछ ।

आइतबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो । नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।

दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।

Scroll to Top