pakistan army

अपरेसन ‘बुन्यान–अन–मार्सुस’ को निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठान पाकिस्तान


पाकिस्तानले अपरेसन ‘बुन्यान-अन-मार्सुस’को निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्ष्य रहेको र कारबाही थालिएको बताएको छ ।

पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिअनुसार, जवाफी अपरेसन ‘बुन्यान-अन-मार्सुसुको एक भागका रूपमा ‘उपयुक्त जवाफ’का लागि भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई निशाना बनाइएको हो।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो कारबाही भारतको सुरुवाती हमलाको जवाफमा गरिरहेका छौँ, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो।’

विज्ञप्तिमा शुक्रबार राति भारतले पाकिस्तानका तीन वायुसेना हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणलाई गरिएको उल्लेख छ।

यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्।

Scroll to Top