
नयाँलिपिः गोरखाको सिरानचोक गाउँपालिका-६ मा असुराघारी बसेरीगाउँ खानेपानी आयोजना (आलेगाउँ, दमैगाउँ, ठूलोगाउँ, खनालगाउँ)को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
१ करोड ९३ लाख रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाले २७० घरधुरी लाभान्वित भएका छन् । गोरखा जिल्लामा हालसम्म ‘एक घर, एक धारा’ अन्तर्गत ३४ हजार ५७ धारा निर्माण भएको छ ।
चालु वर्ष २०८१—८२ मा गोरखामा २ सय ५२ वटा योजना संचालनमा छ । एउटै योजनामा हरेक वर्ष थोरै बजेट बिनियोजन हुने र निर्माण पुरा गर्न वर्षौँ लाग्ने हुँदा खानेपानी योजना निर्माण सुरु भएर पनि पुरा भएको छैन।
अहिले प्रदेश सरकारले प्रदेशभरी अलपत्र परेका, लामो समयसम्म पानी संचालन हुन नसकेका यस्ता योजना संख्या घटाउँदै सबै योजना सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।






