पोखरा खबरः जेठी श्रीमतिलाई म्यासेज पठाएर कान्छीको हत्या, श्रीमान् पनि मृतावस्थामा

santan ads

नयाँलिपिः पोखरा महानगरपालिका वडा १७ मा एक दम्पत्ति मृतावस्थामा भेटिएका छन् ।

मृत भेटिएकामध्ये ३७ वर्षीया देविमाया पराजुली र ५७ वर्षीय ऋषिराम बराल रहेका छन् । उनीहरु दम्पत्ति रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जसमध्ये देविमायाको मृत्यु सोमबार अपरान्ह भएको र ऋषिराम आज बिहान मृत भेटिएका हुन् । घटनाको जानकारी पाएलगत्तै बैदाम प्रहरी घटनास्थलमा पुगेको थियो ।

जिप्रकाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार देविमायाको मृत्युको प्रकृति हेर्दा हत्या गरिएको र ऋषिरामले विषादी सेवन गरेको प्रारम्भिक अनुमान छ । ‘

‘बिरौटा नहरचोकमा फेन्सी पसल गर्दै आएका ऋषिरामका जेठी पत्नीसमेत रहेको र आज बिहान उनले मोबाइलमा म्यासेज गरेपश्चात् आत्महत्या गरेको आशंका छ’ बस्नेतले भने ।

उनीहरुले ३ वर्षयता पसल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् । जेठी श्रीमतिबारे भने केही भन्न नमिल्ने उनले जनाए ।

मृतकको शव पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि थप जानकारी पाइने र अनुसन्धान विस्तृमा अघि बढ्ने बस्नेतले बताए ।

त्यस्तै, जेठी श्रीमतीलाई पठाएको म्यासेजमाथि पनि अनुसन्धान हुने जनाइएको छ ।

Scroll to Top