पूर्वमुख्यसचिव अर्याललाई लगियो सरकारी वकिलको कार्यालय

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा लगिएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराएको हो ।

सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ ल्याइएको थियो ।

Scroll to Top