देउवा कांग्रेसको गण्डकी अधिवेशनको मिति तय

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले मंसिर ५ र ६ गते पोखरामा गण्डकी प्रदेश अधिवेशन गर्ने भएको छ ।

पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवाले गर्ने तय भएको छ

गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएको देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीका क्रममा प्रदेश अधिवेशन गर्न लागेको हो ।

देउवा पक्षले मंसिर २१ गतेदेखि काठमाडौँमा समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ ।

Scroll to Top