पोखरा एभेञ्जर्सले बनायो एनपीएलकै उच्च स्कोर

नेपाल प्रिमियर लिग ९एनपीएल० २०२६ मा पोखरा एभेन्जर्सले सिजनकै अहिलेसम्मको सर्वाधिक उच्च स्कोर बनाएको छ। यसअघि जारी प्रतियोगितामा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध बनाएको १८६ रन नै यस सिजनको उच्च टोली स्कोर रहेको थियो।

तर, आज कर्णाली याक्सविरुद्ध नै भएको खेलमा शानदार प्रदर्शन गर्दै पोखराले उक्त रेकर्ड भंग गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल तयार पारेको छ।

यो स्कोर एनपीएलको यस संस्करणमा कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो। पोखराको यो रेकर्डब्रेक इनिङ्समा ओपनर ब्याट्सम्यान युवराज सामराले ऐतिहासिक शतक प्रहार गरे।

सामराले मात्र ४८ बलमा १० चौका र ८ छक्काको मद्दतले १०२ रनको अविजित शतकीय पारी खेले। यस्तै, कप्तान चामिका करुणारत्नेले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै मात्र ११ बलमा ३ चौका र ३ छक्कासहित ३५ रन बनाएर अविजित रहे।

यसैगरी, कुशल भुर्तेलले पनि ३९ बलमा ६२ रन ९७ छक्कासहित० को उत्कृष्ट अर्धशतकीय योगदान दिए।

कर्णाली याक्सतर्फबाट सोमपाल कामीले २ विकेट लिए भने मार्क वाटले १ विकेट हात पारे।

Scroll to Top