‘रत्नमन्दिर’ र ‘हिमागृह’मा व्यापारिक नजर, कम्प्लेक्स बनाएर भाडामा दिने तयारी

पोखराको फेवाताल किनारमा अम्मटदेखि पश्चिम बाराही घाटसम्म नेपाल ट्रष्टको जमिन रहेको छ ।

त्यहाँभित्र रहेकामध्ये रत्न मन्दिर र हिमागृह पर्यटकीय आकर्षणकारुपमा रहेका सम्पत्ति हुन् । रत्न मन्दिरको बाह्य परिसर अवलोकन गर्न २ वर्षअघि टिकटमा प्रवेश दिन सुरु गरेको छ ।

ताल किनारमा रहेको र ऐतिहासिकरुपमा पनि महत्व बोकेको सोही परिसरका विभिन्न कित्तामा व्यापारिक प्रयोजनार्थ कम्प्लेक्स बनाई भाडामा दिने प्रयास सुरु भएको छ ।

त्यस्तै, बाराहीघाटको खेल मैदान र रत्नचोकस्थित खेल मैदानमा पनि संरचना निर्माण गर्ने योजना बनाइँदैछ ।

पाँचै स्थानमा रहेको क्षेत्रफलमा संरचना निर्माण गरी ३० वर्षकालागि भाडामा दिने प्रारम्भिक योजना रहेको छ । त्यहाँ, ३ वर्षभित्र संरचना तयार गर्न सकिने ट्रष्टको आंकलन छ ।

उक्त ऐतिहासिक स्थानलाई सम्पदा घोषणा गर्दै संरक्षण, सम्वद्र्धन गर्न आवश्यक रहेको भन्दै नागरिक अभियन्त्रा रामबहादुर पौडेलले भने ट्रष्टको योजना खारेज हुनुपर्ने बताएका छन् ।

यससम्बन्धी आज ट्रष्टको कार्यालयमा भएको छलफलमा सहभागी पर्यटन व्यवसायी, नागरिक अगुवा, सामाजिक अभियन्ताहरुले भने विरोध गरेको पौडेलले जनाए ।

‘तालको मापदण्ड मिचेर ऐतिहासिक सम्पदा मास्न पाइँन्न’ पौडेल भन्छन् ‘ऐतिहासिक थलो निजी क्षेत्रलाई सुम्पन गरिएको प्रयास हो, हाम्रो विरोध छ ।’

ट्रष्ट पोखराकी प्रमुख लक्ष्मी भट्टले भने भाडामा दिने सम्झौता नगरिएको बताउँदै योजना सुनाउन र छलफल गर्न भेला डाकेको बताइन् । भट्ट भन्छिन् ‘व्यवसायीलाई दिने कुनैपनि निर्णय भएको छैन, कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल गर्न बोलाएका हौं ।’

रत्न मन्दिर र हिमागृह पूर्व राजपरिवारका प्रमुख र परिवारजन पोखरा आउँदा बस्ने दरबारलगायतका संरचना हुन् ।

यस्तो छ जग्गाको स्थान र क्षेत्रफलको विवरणः

Scroll to Top