२६औँ आहा रारा पोखरा गोल्डकप माघको पहिलो साता

मोफसलको प्रतिष्ठित मानिने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करण माघको ५ गतेदेखि सुरु हुने भएको छ ।

क्लबले गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गर्दै माघको १६ गते समापन हुने जानकारी दिएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्घोषकासाथ प्रतियोगिता सञ्चालन हुनेछ ।

‘पोखराको फुटबल विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ’ क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमहरू, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य आवश्यक विवरण आगामी दिनमा सार्वजनिक गरिने बताउँदै प्रतियोगिता सफल पार्न सम्पूर्णको साथको अपेक्षा गरिएको छ ।

Scroll to Top