गगनको सन्देशः -‘दसैँमा दुख बाँडौ, एकअर्काको सहारा बनौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाइरहेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग खुसी बाँड्न र एकअर्काको सहारा बन्न आग्रह गरेका छन्।

विजयादशमीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस वर्ष धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेको बताएका छन्।

‘यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,’ उनले भनेका छन्।

थापाले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको शुभकामना दिएका छन्।

Scroll to Top