बाराम्बार दुर्घटना भएपछि गैराचौताराको घुमाउनेमा चिनियाँ कम्पनीले लगाइदियो बार

पोखराको गैराचौतारास्थित फेवातालको डिलबाट यस वर्ष दुईवटा सवारीसाधन तालमा खसेका घटनालाई गम्भीरतापूर्वक लिँदै ताल किनारको सुरक्षाका लागि बार लगाइएको छ ।

उक्त स्थानमा चिनियाँ निर्माण कम्पनी आनहुई काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले बार लगाइदिएको हो ।

बार लगाउन आफुले पहल गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दाबी गरेका छन् ।

मेयर आचार्यका अनुसार बार लगाउन कम्पनीसँग बैठक गरेपछि बार जडान सम्भव भएको हो । त्यसपश्चात् मेयर आचार्यले कम्पनीलाई धन्यवाद दिएका छन् ।

बार लगाउन स्रोत व्यवस्थापन हुन नसकेको र बजारमा समेत सामग्री अभाव भएको मेयरले बताएका छन् ।

त्यस्तै, नगर क्षेत्रका सडकमा देखिएका खाल्डा पुर्न पनि चिनियाँ कम्पनीसँग सहयोग मागेको मेयर आचार्यले बताएका छन् ।

उक्त कम्पनी मुग्लिन–पोखरा सडक निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी हो ।

Scroll to Top