नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ मा भलिबल खेलाडी हिमाल सुनारी मगर जोडिएका छन् ।
तर हिमाल क्रिकेट खेलाडीकारुपमा भने जोडिएका हैनन् ।
पोखरा एभेञ्जर्सका अनुसार गण्डकी प्रदेशका चर्चित एवं राष्ट्रिय खेलाडी क्लबको स्पोर्ट्स एम्बासडर (खेल राजदूत)का रुपमा जोडिएका हुन् ।
हिमाललाई क्लबले ‘२ टिम तर एउटै लक्ष्य’ भन्दै राजदूतकारुपमा भित्र्याएको हो ।
यसपटक टिमको मुख्य प्रशिक्षकमा क्लबले श्रींलंकन पूर्व क्रिकेटर अजन्ता मेन्डिसलाई नियुक्त गरेको छ ।







