बागलुङ । बागलुङको दरमखोलामा गत असोज ११ गते आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ।
बाढीले कटान गर्दा डेढ सय रोपनी खेत बगरमा परिणत भएको छ भने करिब ४४५ रोपनी जमिन कटान गरेको छ।
गलकोट नगरपालिकाका अनुसार बाढीले एउटा वडा कार्यालयसहित ६३ वटा घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ। यसका साथै क्षेत्रभित्र रहेका तीन वटा रिसोर्ट, स्वीमिङपुल र होटलहरूमा समेत बाढीले क्षति पुर्याएको छ।
बाढीका कारण करिब डेढ सय घरमा आंशिक क्षति पुगेको छ भने २१ वटा सिँचाइ नहरसमेत बगेका छन्।
बाढीले पुर्याएको क्षतिका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ।
(तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी)







