नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा व्यवसायी सौगात थापाले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशनमा युवातर्फ ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
थापा कास्की २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् । उनी ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा थापा निर्वाचित भएका थिए ।
राजनीतिमा नलागेका विभिन्न पेसा, व्यवसायमा दक्षता प्राप्त व्यक्तिहरूलाई समेत राजनीतिमा ल्याउन नेतृत्वले पहल गर्नुपर्ने थापाको भनाइ छ । ‘वडादेखि केन्द्रीय तहसम्मै गरेको सुनिश्चितताले राम्रो सन्देश दिएको छ,’ उनले भने,’यो व्यवस्था स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको बेला पनि गरिनुपर्छ।‘
थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचितसमेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् ।







