देउवा कांग्रेसबाट पोखरा २७ मा विश्वराज सर्वसम्मत

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको अधिवेशनले पोखरा महानगरपालिका–२७ को १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट युवा नेता विश्वराज पौडेललाई वडा इकाई सभापतिमा सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट उपसभापतिमा चेतबहादुर कुमाल र सचिवमा युवा व्यवसायी सुरेन्द्र भट्टराई चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यमा मोनिका सुनार, शान्तिकुमारी आचार्य, आशिष सापकोटा, भेषराज सापकोटा, मनोज आचार्य, भानुभक्त लामिछाने, प्रेम बराल, गोपीकृष्ण तिवारी, विष्णुदेवी क्षेत्री, तरुणमणि सुवेदी, लक्ष्मी कुमाल, ऋतु पौडेल, कोपिलाकुमारी कुमाल, सागर लामिछाने, भुवन लामिछाने र शर्मिला कुमाल चयन भएका छन् ।

Scroll to Top