फेरि पक्राउ परे दुर्गा प्रसाईं, यस्तो छ कारण

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् ।

सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई घरैबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

जेन-जी शहीद रसिक खतिवडाकी आमा रचनाले प्रसाईँले केही दिनअघि शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएकी थिइन् ।

Scroll to Top