असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ।
मौसमविद विनोद पोखरेलले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा हुने प्रक्षेपण गरेका हुन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन सार्वजनिक गर्ने तयारी गरेको छ।
मौसमविद पोखरेलले बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउने सक्ने मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले देखाएको बताएका छन्।
तीमध्ये शुक्रबार र शनिबार ९९ र १०० गते ठूलो पानी पर्ने उनले बताएका छन्। ‘शुक्रबार र शनिबार चाहिँ अलि धेरै नै जोखिम देखिन्छ, ‘ उनले भने।
अमेरिकन मोडलले बिहीबारदेखि सोमबारसम्म धेरै लामो समयसम्म पानी पर्न सक्ने देखाएको छ। युरोपेली मोडलले भने पश्चिम नेपालमा भारी वर्षाको सम्भावना प्रबल देखाएको उनले बताएका छन्।
‘त्यसकारण पश्चिम नेपालमा भारी वर्षाको सम्भावना प्रबल रहेको छ भन्ने देखाएको छ। बागमती, मधेशबाट सुरू भएर पश्चिम नेपालमा धेरै वर्षा हुने देखाउँछ,’ उनले भिडिओ सन्देश जारी गरी भनेका छन्।
धेरैवटा मोडलले ५०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना देखाएको उनले बताए।
‘तर त्यो एकैदिनमा पर्ने होइन। ४-५ दिनमा हो। तर ५०० मिलिमिटर पर्छ भन्ने प्रक्षेपण गर्छ भने एक दम भारी वर्षा हुने देखिन्छ,’ उनले भने।
अमेरिको मोडलले पूर्व र पश्चिम नै देखाउँछ। युरोपेली मोडलले पश्चिम क्षेत्रको आधा नेपालमा आइकन भन्ने अर्को मोडलले पूर्वी नेपाल र सुदूरपश्चिममा मात्रै कम, अरूमा धेरै र एआई मोडलको युरोपेली मोडलले नेपालभरि नै पानी पर्ने तर पश्चिममा भारी वर्षा हुने देखाएको उनले बताए।
तीन वटै मोडलले लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना देखाएको छ।







