पोखरा स्वास्थ्य विज्ञानको डीनमा श्रेष्ठ, निर्देशकमा पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त डीन पदमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशक पदमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका छन्।

प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि ३ असोजमा श्रेष्ठलाई डीन र पोखरेललाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएको हो।

प्रतिष्ठानको गरिमामय जिम्मेवारी पाएपछि दुवै चिकित्सकले संस्थाको शैक्षिक र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

‘प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ,’ नवनियुक्त डीन श्रेष्ठले भने।

अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखिने नवनियुक्त निर्देशक पोखरेलले बताए।

ब्मखभचतष्कझभलत

‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पहुँचयोग्य र प्रविधिमैत्री बनाउन म निरन्तर खट्नेछु,’ पोखरेलले भने।

लामो समयदेखि चिकित्सा शिक्षा, अनुसन्धान र प्राध्यापनमा सक्रिय श्रेष्ठ प्रतिष्ठानका अनुभवी विशेषज्ञ मानिन्छन्।

अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। उनी हाडजोर्नी विशेषज्ञ हुन् ।

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले नवनियुक्त डीन र निर्देशकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Scroll to Top