भाग्यमानी ! सञ्जय र कबिर, जसलाई ९ दिनपछि जीवितै उद्धार गरियो

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।

सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको हो । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो।

नेपाली सेनाले बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो।

दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ । जटिल अवस्थामा रहेका व्यक्ति कबीर महर्जन हुन्।

उनलाई काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको सघन उपचार भइरहेको छ।

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था सामान्य रहेको छ।

Scroll to Top