पृथ्वी राजमार्गको परेवाभिरमा सडक भास्सियो, आवागमन बन्द

पृथ्वी राजमार्गको परेवाभिर क्षेत्रमा राजमार्ग पुन: भासिएर सडकमा थप क्षति पुगेको छ।

परेवाभिरमा गएराति सडक थप भासिएको र सडकमा ठुलो क्षति पुगेको स्थानीय पत्रकार शिव सिलवालले जानकारी दिएका छन् ।

भोटेकोशी बाढीका कारण त्रिशुली नदिमा आएको बाढीपछि नदीको धार परिवर्तन भई पृथ्वी राजमार्गक सडकतर्फ कटान बढ्दा क्षति भएको छ ।

पहिरोका कारण विगत तीन दिन देखि पृथ्वी राजमार्ग ठप्प छ ।

Scroll to Top