व्यवसायीको गुनासो सुन्दै घरदैलोमा अध्यक्ष प्रत्यासी उत्तममान

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् ।

व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यसहित बुद्धाचार्यले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । भेटघाटका क्रममा उनले संघलाई सक्षम, पारदर्शी र समन्वयकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

बुद्धाचार्यले व्यवसायीका पीडा र समस्यालाई सुन्ने, बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको बताए ।

‘पोखरा उद्योग वाणिज्य संघमा अहिले सक्षम, पारदर्शी र समन्वयकारी नेतृत्व आवश्यक छ । परिपक्व, अनुभवी र जिम्मेवार नेतृत्व आवश्यक छ,’ उनले भने, ‘व्यवसायीका पीडा र समस्या सुन्ने, बुझ्ने र समाधान गर्न सक्ने नेतृत्व आवश्यक छ । म यो जिम्मेवारी बोक्न सक्षम र तयार छु ।’

उनले आफ्नो उम्मेदवारीलाई आत्मविश्वासी र सक्षम नेतृत्वमार्फत बलियो संघ, सुरक्षित व्यवसायी र समृद्ध पोखरा निर्माण गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

‘आत्मविश्वासी र सक्षम नेतृत्व, बलियो संघ, सुरक्षित व्यवसायी र समृद्ध पोखरा’ आफ्नो सपना रहेको बताउँदै बुद्धाचार्यले उद्योगी व्यवसायीको अमूल्य मतबाट आफू विजयी हुने विश्वास व्यक्त गरे ।

उनले समस्त उद्योगी तथा व्यवसायीलाई अध्यक्ष पदमा आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।

Scroll to Top