पालिकावासी सम्पर्कविहीन भएपछि खोज्न निस्किइन् हेटौडाकी मेयर लामा

रसुवाको भोटेकोसी बाढीका कारण हेटौडा उपमहानगरपालिका तथा मकवानपुरका नागरिकसमेत सम्पर्कविहीन भएका छन् ।

बाढीले सम्पर्कविहीन भएको सूचना पाएपछि मेयर मिनाकुमारी लामा बिहीबार काठमाण्डौं पुगेकी थिइन् । त्यहाँको त्रिवि शिक्षण अस्पतालमा खोजबिन गरेपछि नपाइएकाले आज मेयर लामा नुवाकोट पुगेकी छिन् ।

‘नुवाकोटस्थित सेनाको तालिम केन्द्रमा उद्वार गरेर ल्याइको आशामा आफ्नो मान्छे खोज्ने क्रममा छौं’ मेयर लामाले भनेकी छिन् ।

लामाका अनुसार मकवानपुरका ५ जना पुरुष बाढीमा परी बेपत्ता भएका छन् ।

खोजीमा मेयर लामासँगै अन्य कर्मचारी र केही नगर प्रहरी रहेका छन् ।

Scroll to Top