प्रधानमन्त्री आज पोखरा आउने, इको भिलेज बस्ने, तर सुरक्षा निकाय बेखबर !

प्रधानमन्त्री बालेन्द्र शाह आज पोखरा आउने भएका छन् ।

त्यसपश्चात्, अस्तामको अन्नपूर्ण इको भिलेजमा बस्ने विश्वस्त स्रोतले बताएको छ । प्रम र उनको टिमको लागि आज रिसोर्टका कोठा बुक भइसकेको छ ।

सम्भवतः प्रधानमन्त्रीको टिम शनिबार मुस्ताङ जाने योजनामा छन् ।

प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत रहने बताइएपनि थप जानकारी दिइएको छैन। यद्यपि, असिम शाह टोलीमा हुने सूचना प्राप्त भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको यो अनौपचारिक भ्रमण हो । उनी छुट्टी मनाउन निस्कँदै छन् ।

यस विषयमा नयाँलिपिले जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी एवं सूचना अधिकारीसँग जानकारी माग्दा उनले अनभिज्ञता जाहेर गरे ।

डीएसपी पासवानले भने ‘जिल्ला प्रहरी कार्यालय र मातहतलाई प्रधानमन्त्रीको पोखरा हुँदै मुस्ताङ जाने बारे हालसम्म कुनै पनि जानकारी छैन ।’

Scroll to Top