हिरासतमुक्त भएपछि किशोरको प्रतिक्रियाः -‘भ्रमको पर्दा च्यातिन्छ, च्यातिन्छ’

सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट छुटेपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्।

थुनामुक्त भएलगत्तै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै ‘सत्य नमरेको र कलम नहारेको’ बताएका हुन्।

‘पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ,’ श्रेष्ठले लेखेका छन्, ‘सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।’

Scroll to Top