पोखरा बसपार्कका १ सय १६ अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक

पोखरा महानगरपालिका ९ नम्बर वडा कार्यालयले बसपार्क क्षेत्रका १ सय १६ अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गर्दै ७ दिनभित्र दाबी विरोध गर्न आह्वान गरेको छ ।

भूमि समस्या समाधान आयोगको कार्यविधिअनुसार वडाले साउन २८ गते सूचना जारी गरी ती व्यक्तिहरुको नामावली बाहिर ल्याएको हो ।

बसपार्कको सार्वजनिक जग्गामा कम्तिमा १० वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिहरुले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए । सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दाबी विरोध गर्नुपर्ने भएमा भदौ ३ गतेसम्म वडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ ।

महानगरले यसअघि साउन २ गते ५ सय ७४ परिवार समेटिएको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । उक्त नामावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि दिएको समयभित्र महानगरमा थप १ सय ४६ वटा निवेदन परेका छन् ।

अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरोकारवालासँग यी निवेदनबारे छलफल भइरहेको महानगरले जनाएको छ ।

साउन २ गतेको सूचीमा २८६ परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्वासी थिए । २ सय ३३ परिवारलाई भने अव्यवस्थित बसोबासीका रुपमा वर्गीकरण गरिएको छ । ५५ परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताए ।

Scroll to Top