सरकारले खोल्यो चिट्ठाः १ जनाले जिते १० लाखको बम्पर, १५ जनाले सवा लाख (हे. चिट्ठा नम्बर)

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार गरिएको सार्वजनिक गोलाप्रथामार्फत १५ जना करदाताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

१० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुरमा खरिद गरिएको एक बिलको कुपन नम्बरमा परेको जनाएको छ ।

विभागका अनुसार विजेता कुपन नम्बरबाट गरिएको खरिद कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट भएको हो । उपभोक्ताले साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेको खुलेको छ ।

१ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार जित्ने कुपन नम्बरहरू क्रमशः ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

Scroll to Top