फोटो पत्रकार उमेशलाई मातृशोक

नेपाल फोटो पत्रकार संघ कास्कीका निवर्तमान सचिव एवं फोटो पत्रकार उमेश पुनलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा भिम कुमारी पुनको ७० वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पुनको साउन १९ गते स्वर्गारोहण भएको हो । मृगौला रोगका कारण केही समयदेखि उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा अस्पतालमै पुनको मंगलबार निधन भएको हो । उनको मंगलबार नै काठमाडौंमै अन्त्येष्टी गरिएको छ ।

स्वर्गीय पुनको श्रीमान्, १ छोरा र २ छोरी छन् । दिवंगत पुनका छोरा उमेश पुन लामो समयदेखि कास्कीमा फोटो पत्रकारिताका माध्यमबाट पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

Scroll to Top